Monday 24th of June 2024

धनुषामा लागुऔषध सहित २ जना पक्राउ ।।

0 Shares
file photo

जनकपुरधाम । धनुषामा लागुऔषध सहित २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार भारिमात्रामा लागुऔषध सहित २ यूवकलाई नियन्त्रणमा लिएर अनुसंन्धान जारी राखिएको छ ।

धनुषा प्रहरी नायव उपरिक्षक एवमं प्रवक्त मकेन्द्र मिश्रका अनुसार जनकपुर उपमहानगर पालिका वाडा नम्वर १६ पुलचोक नजिकै हुलाकी सडक खण्ड स्थित चेक प्वाइन्ट कायम गरि बाटोमा संकास्पद आवत जावत गर्नेलाई काडा निगरानीका साथ यात्री तथा सवारी साधनहरूलाई चेक जाँच गर्ने क्रममा पुर्व पौडेश्वर तर्फबाट आउदै गरेको बा. ९३ प. ५१८७ नं. को मोटरसाईकलमाथि शंका लागी चेकजाँच गर्ने क्रममा सो मोटरसाईलबाट भारिमात्रामा लागुऔषध बरामद भएको छ ।

चेकजाँचको क्रम्मा मोटरसाईकल चालक धनुषा सबैला न.पा.९ भटियन बस्ने वर्ष २० को हर्ष कुमार साह र सोही मोटरसाईकलमा सवार सबैला न.पा.९ भटियन बस्ने वर्ष १९ को रोहित कुमार साहले उक्त मोटरसाईकलको सिट मुनि लुकाई छिपाई ल्याएको कालो प्लाष्टिकको झोलामा नाईट्रोभेट ट्यावलेट १० पता (३०० पिस) र Rexcof DXNF Cough syrup 100 ml ८ बोतल समेत बरामद गरिएको धनुषा प्रहरीले बताए ।

बरामद गरिएको लागुऔषध सहित दुवै जनालाई मोटरसाईकल र समान सहित नियन्त्रणमा लिई धनुषा प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान कार्य भई रहेको प्रहरी नायव उपरिक्षक मिश्रले बताए ।

प्रतिक्रिया