अवैध चाँदीको गहनासहित दुई जना सिरहाबाट पक्राउ ।।

सिरहा ः सिरहामा तस्करी हुने कार्य रोकीएको सिरहा प्रहरीको दावी छ । तर पनि अलिअलि खुल्ला सिमानाकाको फाईदा उठाउदै तस्करहरु तस्करी गर्न सफल हुन्छन् । पक्राउ पर्नेको नाम,ठेगानहालको लागी नखुलेको श्रोतले जनाएकोछ ।

केहि दिन यता तस्करहरु चुलमुलाउन खोजेपनि सिरहा प्रहरीको सकृयताले असफल भएका छन् । चाँदीको अवैध गहनासहित दुई जनालाई सिरहा प्रहरीले पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरिक्षक एवमं प्रवक्ता सुभास बुढाथोकीले दिएको जानकारी अनुसार अवैध चाँदीका गरगहना सहित संकास्पद दुई जनालाई प्रहरी पक्राउ गरेको छ । यस तस्करीको बारेमा अनुसन्धा भई रहेको बुढाथोकीले जनाएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार