
गौशाला । स्वास्थ्य संस्थालाई सेवाप्रदायक संस्थाको रुपमा स्थापित गर्नुपर्नेेमा आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहाले बताउनुभएको छ ।
सोमबार महोत्तरीको गौशालामा संचालनमा आएको पहल हेल्थ केयर सेन्टरलाई उदघाटन गर्नुहुँदै राज्यमन्त्री कुशवाहाले मुलकभित्र संचालित निजी स्वास्थ्य संस्थाले स्वास्थ्य क्षेत्रमा अहम योगदान दिएकोले अगामी दिनमा पनि यस्तै किसिमले हरेक स्वास्थ्य संस्था सेवामुखि रुपमा स्थापित भई सेवा प्रदान गर्नका लागि आग्रह गर्नुभएको हो ।
प्रदेश नं. २ का सरकारले स्वास्थ्यक्षेत्रलाई समेत अति महत्वपुर्ण क्षेत्रमा समेटिएकोले नागरिकको मौलिकहकहित संरक्षणका लागि प्रतिवद्ध रहेको धारणा राख्नुभएको हो ।
कार्यक्रममा जनता समाजवादी नेपालका केन्द्रिय सदस्यद्धय रमेश महतो राहुल र देवनारायण महतोले निजी स्वास्थ्य संस्थाको सम्बन्धमा चर्चा परिचर्चा गरेका थिए ।
प्रतिक्रिया