सर्वोच्च अदालतले निर्णयले पद जोगिएको उत्साहमा सम्सी गाँउपालिकाका अध्यक्ष शेष फारुख तामझामका साथ कार्यालयमा हाजिरी भएका छन् । सर्वोच्चकै कारण पद जोगिएको भन्दै अध्यक्ष निकट नेता कार्यकर्ताहरु आईतबार दिउँसो सम्सी वजारबाट नारावाजी सहित गाँउपालिकाको कार्यालयमा आएर अध्यक्षपदमा पुनः शेष फारुखलाई पदभार ग्रहण गराएका हुन् । गत असार ११ गते निर्वाचन आयोगले महोत्तरीको सम्सी गाउँपालिका अध्यक्ष शेष फारुकलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । नेकपा माओवादी केन्द्रको शिफारिसमा निर्वाचन आयोगले अध्यक्ष फारुखलाई पदमुक्त गरिएपछि सर्वोच्चमा दिएको रिट उपर शुक्रवार सुनवाई गर्दै गाँउपालिका अध्यक्षलाई पदमुक्त गर्न नहुने फैसला सुनाएपछि फारुख पुनः पदमा विराजमान भएको गाँउपालिका स्रोतले जनाएको छ ।
अध्यक्ष—उपाध्यक्षको विवाद अझ कायमै ।।
सम्सी गाँउपालिकामा अध्यक्ष र उपाध्यक्षवीचको विवाद बर्षौदेखि यथावत अवस्थामा छ । उनीहरुको विवाद साम्य हुन सकेको छैन् । विवादकै कारण गाँउपालिकाको विकास निर्माणको कार्यमा प्रगति हासिल गर्न सकेको छैनन् । जनताले गाँउपालिकाको कार्यालयबाट सोचेअनुरुप विकासको अनुभुति प्राप्त गर्न असमर्थ भएका हुन् । स्थानियतहको निर्वाचनमा तत्कालिन नेकपा माओवादी केन्द्रबाटै निर्वाचित हुनुभएका अध्यक्ष शेष फारुख र उपाध्यक्ष नगिना यादववीच लामो समयदेखि मनमुटाव रहदै आएका छन । एउटै प्यानलबाट निर्वाचित भएतापनि कार्यपालिकाको कार्यसम्पादन गर्ने शिलशिलामा एकबर्ष नवित्दै अध्यक्ष र उपाध्यक्षवीच विवाद सिर्जना भएको थियो । जुन विवाद हालसम्म पनि कायमै रहेको छ ।
जनताको पैसाबाट आउने करको दुरुपयोग गर्न पाउँदैन ःअध्यक्ष फारुख
आईतबार पदभार ग्रहण गर्नुभएका गाँउपालिकाका अध्यक्ष शेख फारुखले रेडियो रुपान्तरणसँग कुराकानीको क्रममा अब जनमैत्री पालिका बनाउने उदघोष गर्नुभयो । जनताको पैसाबाट प्राप्त हुने करको सदुपयोग गरिने अध्यक्ष फारुखले प्रतिवद्ध हुनुभयो । अध्यक्ष फारुख अगाडि भन्नुभयो–“आफ्नै पार्टी भित्रका साथीहरुले आफुलाई बदनाम गराउनका लागि वारम्बार षडयन्त्र गरेका हुन् । आफु कुनै अन्य पार्टी नभई माओवादी पार्टीमा नै सक्रिय रहेको र अगामी दिनमा पनि यसैमा रहनेछु । आफनो मनसाय नबुझिकन पार्टीका स्थानिय नेता कार्यकर्ताहरु पटक पटक षड्यन्त्र रचि पार्टीबाट निकाल्ने प्रयास गर्दै आएकोले आफु कुनै पनि पार्टीमा संलग्न नभई माओवादी पार्टीमा नै सक्रिय रहनेछु ।” विगतमा पनि पार्टीका कार्यकर्ता विजय यादव, रजि हैदर लगायत वडाका केही वडाध्यक्षहरुले व्यक्तिगत स्वार्थमा फसि पालिकालाई नै विवादित बनाउने कार्यमा संलग्न भएकाले सोचेअनुरुप विकासको फड्को मार्न नसकेको अध्यक्ष फारुखको भनाई रहेको छ । आफुले कार्यवाहकको जिम्मेवारी गाँउपालिका सदस्य सकिना खातुनलाई जिम्मेवारी दिएको समयमा ती नेताहरुले दादागिरी शैलीमा उपाध्यक्ष नगिना देवी यादवलाई अध्यक्षको जिम्मेवारी दिएर पदीय जिम्मेवारी दिएको अध्यक्षले आरोप लगाउनुभयो । अध्यक्षले अगाडि भन्नुभयो–“उपाध्यक्ष यादव महिनौदेखि कार्यालयमा हाजिरी भएका छैन । कार्यकारिणिको मिलोमतोमा प्रति महिना एक लाख ५० हजारका तलब उठाईरहेका छन । उपाध्यक्षले विभिन्न समयमा कार्यालयको कामकाजमा विना कारण अवरोध र विकासको काममा बाधा पुर्याउनु बाहेक केही गर्न सकेका छैनन् ।” जनताकोे रगत पसिना सुकाई कमाएको पैसाले तिरेको करको पैसा यसरी दुरुपयोग गर्न पाउदैन भनेर आफुले अख्तियारमा समेत उजुरी दिएको अध्यक्ष फारुखले जानकारी दिनुभयो ।
पछिल्लो समय विकास गति लिएको कार्यकारी अधिकृत महिवुल अन्सारी
वर्षैदेखी अध्यक्ष र उपाध्यक्षको विवादमा रहेको सम्सी गाउँपालिका विगत तीन महिनायता विकासको गति लिएको छ । असार ११ गते निर्वाचन आयोगबाट पदमुक्तको सूचना आएपछि ९ दिनको अन्तरालमा असारको अन्तिम समयमा आएर भएको विकासको कामको भुक्तानी गर्न समस्या भएको हो । जसको कारण काम गर्ने ठेक्केदार तथा उपभोक्ता समितिहरु अन्यौलमा परेका छन । कठिनाईका बाबजुद पनि अहिले सम्सी गाँउपालिकाको ८०% योजनाको रकम फर्छाैट भईसकेको छ । वाँकी रहन गएको २०% प्रतिशत विकासको कामको भुक्तानी चाँडै नै हुनेछ ।
(रुपान्तरण अनलाईनसँगको कुराकानीमा आधारित । )