0
Shares
सर्लाही : ईश्वरपुरबाट ४० किलो गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। ईश्वरपुर नगरपालिका वडा नं १२, बाँके जंगलस्थित पूर्व-पश्चिम राजमार्गबाट गाँजासहित ओसारपसारमा संलग्नहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय केशरगन्ज, बयलबासले जनाएको छ।
पक्राउ पर्नेहरुमा लालबन्दी नगरपालिका-११, का २४ वर्षीय संगी लामा, लालबन्दी नगरपालिका-८, नेवार टोलका २७ वर्षीय दिलिप कुमार लोप्चन र लालबन्दी नगरपालिका-११, का २१ वर्षीय शंखलाल बल रहेका जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ।
उनीहरुले हिजो बुधबार दिउँसो ना ६३ प ६७७ नम्बरको मोटरसाइकलमा पूर्वतर्फ लिएर हिँडिरहेको अवस्थामा गाँजा बरामद भएको हो।
गाँजासहित पक्राउ परेकाहरुलाई अहिले इलाका प्रहरी कार्यालय केशरगन्जको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।