सप्तरीका एक नेपाली युवकको मलेसियामा मृत्यु ।।

 

सप्तरी: सप्तरीका एक जना युवककाे मलेसियामा मृत्यु भएको छ ।

सप्तरीको राजविराज नगरपालिका वडा न.१५ निवासि ४० बर्षिय युवक मदन कुमार शर्माकाे मलेसियामा मृत्यु भएको हाे ।

विगत १५ बर्षदेखि मलेसिया स्थित भिसिअाइ कम्पनिमा कार्यरत रहेकाे शर्माकाे विगत चार दिन अघि अचानक ज्वराे अाएकाे अवस्थामा मलेसिया स्थित एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको परिवारजनले बताएका छन् ।

विगत एक सातादेखि उनलाई ज्वराे अाएकाे तथा अस्पतालमा उपचारको लागि ढिलाे गरि लगेकाे अवस्थामा मृत्युु भएको मृतकका परिवारजनले बताएका छन् ।

कम्पनीके लापरबाहीले गर्दा उनकाे मृत्यु भएको मृतकका अाफन्तजनहरुकाे दाबि रहेको छ ।

यता मृतक युवककाे शवलाइ नेपाल ल्याइ दिनकाे लागि मलेसिया सरकार ,नेपाल सरकार तथा सम्बन्धित निकायसग मृतकका परिवारजनले अनुराेध गरेका छन् । मृतक युवककाे २ छाेरा र १ छाेरी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार