Monday 24th of June 2024

बर्दिबासको ईतिहास बताउने जदु महतोको निधन

0 Shares

बर्दिबास : महोत्तरीको बर्दिबासको ईतिहास बताउने ९२ बर्षीय जदु महतो अब रहेनन् । बर्दिबास–१४ का पुराना बासिन्दा  उनको कोरोना संक्रमणका कारण निधन भएको छ । कोभिड–१९ बाट संक्रमित बनेका महतोको जनकपुरको एक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

हिन्दु परम्परा अनुसार वृद्ध महतोको रातु आर्यघाटमा दाहसंस्कार गरिएको छ ।बर्दिबासको नाम कसरी रहन गयो भन्ने बिषयमा उनले नयाँ पुस्तालाई ‘बर्दिबास बिम्भ’ नाम पुस्तकबाट जानकारी बाँडेका थिए । गत असार २१ गते महतोको निधन भएको उनका नाती तथा जनसहयोगी युवा सञ्जालका अध्यक्ष परमेश्वर महतोले बताए ।

प्रतिक्रिया