Thursday 6th of February 2025

सर्लाहीमा आज फेरी खाल्डोमा डुबेर एक जनाको मृत्यु

0 Shares

सर्लाही ः सर्लाहीमा ग्राभेल झिकेको खाल्डोमा जमेको पानीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बागमती नगरपालिका–३ घर भई लालबन्दीमा काम गर्दै आएका ५० वर्षीय वीरबहादुर वाइबा छन्् ।

लालबन्दी नगरपालिका–१५ स्थित चौरीमा ग्राभेल निकालेको आठ फिट गहिरो खाल्डोमा जमेको पानीमा डुबेर बिहीबार उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाइएको उनले बताए ।

प्रतिक्रिया