छिमेकी तान्त्रिकले चढाए पाँच वर्षीया बालिकाको बलि

एजेन्सी : एक तान्त्रिकले छिमेकी बालिकाको हत्या गरेका छन्। तन्त्र मन्त्रको चक्करमा उनले छिमककै ५ वर्षीया बालिकाको हत्या गरेका हुन्।

भारतको युपीस्थित बान्दा शहमा यस्तो घटना घटेको हो। घटनामा तीन जना आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। तर मुख्य अभियुक्त अझै फरार रहेको बताइएको छ।

उनीहरुले ती बालिकालाई ललाइ फकाइ आफ्नो घरमा लगेको र तन्त्रमन्त्रका लागि बालिकको बलि चढाइएको बताइएको छ।

बालिकाको काकाले एक युवतीले भतिजीलाई फकाएर लगेको बयान दिएका थिए। सोही अनुसार सोधपुछ गर्दा यस्तो तथ्य खुलेको प्रहरीले जनाएको छ।

बालिकाको शव त्यही नजिकै नालीमा भेटिएको थियो।

अहिले तीनै जनासँग सोधपुछ जारी रहेको र मुख्य अभियुक्तको खोजीकार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार