Thursday 7th of November 2024

महोत्तरीको बलबा नगरपालिका ः कार्यालय समयमा पनि अधिकांश कर्मचारी अनुपस्थित

0 Shares

महोत्तरी : महोत्तरीको बलबा नगरपालिकामा कार्यालय समयमा कर्मचारीहरु अनुपस्थित रहने गरेको पाइएको छ ।

स्थानीय युवाहरुले गरेको अनुगमनका क्रममा अधिकांश कर्मचारीहरु अनुपस्थित रहेको तथा समय पालना नगरेको देखिएको हो ।

अनुगुमनका क्रममा बुधबार दिउँसो १२ बजेसम्ममा पनि नगरपालिकाको दर्ता चलानी फाँट, उपमेयरको कार्यकक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, सूचना अधिकारीको कार्यकक्ष, योजना शाखा, लेखा शाखालगायतका फाँटहरुमा ताला लागेको देखिएको थियो ।

स्थानीय उज्जवल झाले सो नगरपालिकामा कर्मचारीहरु कार्यालय समयमा पनि अनुपस्थित रहेको तथा समय पालना नगरेको र बिदा स्वीकृत नगरी नै अनुपस्थित भएको पाइएको बताए । अनुगमनका क्रममा उपमेयर रिता देवी झा, प्रमुख प्रशासकीय अधिकृत रमेश अधिकारी, सूचना अधिकारी कार्तिकेश झालगायतका कर्मचारीको कार्यकक्षमा ताला लागेको थियो ।

स्थानीय युवा मुजित कुमार साहले बलबा नगरपालिका देशकै सबैभन्दा खतम र भ्रष्ट नगरपालिका रहेको आरोप लगाए । उनले भने,‘यहाँका जनप्रतिनिधि लगायत कर्मचारीहरु पनि आफ्नो आफ्नो तालमा काम गर्छन् । जनतासँग कसैलाई कुनै मतलव छैन् । झन अहिले असार मसान्तको समयमा त उनीहरुलाई बोल्ने फुर्सद पनि छैन् ।’

त्यस्तै स्थानीय धिरेन्द्र कुमार मण्डलले कार्यालय समयमा यस नगरपालिकाका मेयर बिनोद कुमार यादव, उपमेयर रिता देवी झा, प्रशासकीय अधिकृत रमेश अधिकारीलगायत प्रायः अनुपस्थित रहने गरेको दाबी गरे । उनले यस सम्बन्धमा मेयरसँग सोध्दा मेयर यादवले आफूहरुलाई कुनै वास्ता नै नगरी उल्टै हप्काउने गरेको प्रतिक्रिया दिए ।  –द रियल समाचा

प्रतिक्रिया