Saturday 12th of October 2024

बिवाहको प्रलोभन देखाएर करणी गरे गरेर युवतीलाई अलपत्र पारेको आरोपमा एक युवक जेल चलान

0 Shares

सर्लाही ः सर्लाही जिल्ला अदालतलले ,विवाहको प्रलोभन देखाएर युवतीमाथि जवरजस्ती करणी गरी अलपत्र पारेको आरोपमा पक्राउ परेका सर्लाही चन्द्रनगर गाउँपालिका वडा नं.– ७ बस्ने हरमेश कापडलाई पूर्पक्षका लागि कारागार चलान गरेको छ । सर्लाही अदालतका न्यायाधिश हरिप्रसाद कोइरालाको गत सोमबारको आदेशले कापडलाई जबर्जस्ती करणी मुद्दामा पूर्पक्षका लागि कारागार चलान गरेको हो ।

कापर माथि गत बैशाख २८ गते सिरहाकी एक २० वर्षीया युवतीलाई विवाहको प्रलोभन देखाएर सर्लाहीको ईश्वरपुरमा ल्याएर करणी गरेको आरोप छ ।

कापडले करणी गरेपछि युवतीको साथमा भएको पैसा र मोबाईल फोन समेत लिएर एकछिन काम छ केही बेरमै आउँछु भन्दै फरार भएका थिए । कापरले केही समय पहिला सिराहा जन्ती जाँदा स्थानीयसँग आफ्नो मोबाईल नम्बर मागेको र पछि सर्लाही स्थित घर फर्कीएपछि मोबाइलमा कुराकानी गर्दै प्रेमको जालमा फसाएको अनि त्यसपछि बिबाह गर्छु भन्ने प्रलोभनमा पारेको पिडित युवतीले बताएकी छिन्।

कापडले युवतीलाई अलपत्र अवस्थामा छाडेर भागेपछि प्रहरीले उनलाई उद्दार गरि सदरमुकाम मलंगवा स्थित महिला शान्ति केन्द्र (सेफ हाउस) को जिम्मा लगाएका थिए । कापडले पिडित युवतीलाई आफ्नो गलत ठेगाना दिएकाले प्रहरीले उनलाई जेठको तेस्रो साता मात्र पक्राउ गरेका थिए ।पिडित युवतीले दिएको जाहेरीको आधारमा ईलाका प्रहरी कार्यालय केशरगंजले कापरमाथि जबर्जस्ती करणी मुद्दा चलाएको थियो ।

पीडित युवतीलाई हाल सदरमुकाम मलंगवा स्थित सेफ हाउसमै राखिएको सेफ हाउकी प्रमुख बनिता कार्कीले जनाएकी छिन ।

प्रतिक्रिया