Wednesday 24th of July 2024

गाई काटदै गरेको अवस्थामा ३ जना पक्राउ

0 Shares

चितवन : चितवनमा गाई काटदै गरेको अबस्थामा ३ जनालाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कालिका नगरपालिका-१ बस्ने ३३ वर्षीया उर्मिला परियार र १६ वर्षीय २ जना किशोर रहेका छन् । सोही बस्तीमा गाई काट्दै गरेको छ भन्ने खबर प्राप्त हुनासाथ प्रहरी बिट पदमपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया