सप्तरीमा बस र ट्रक ठोक्किदा ११ जना घाईते, पाँचको अवस्था गम्भीर

सप्तरी,२४ असार ः

पुर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाईर कृष्णासरन गाउँपालिका वडा नम्बर २ स्थित सितापुरमा बिहीबार बस र ट्रक एकआपसमा ठोकिंदा ११ जना घाइते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु।१ख ७६२० नम्बरको बस र बिपरीत दिशाबाट आउँदै गरेको ना।३ख ६८४५ नम्बरको ट्रक ठोकिंदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परि मोरङ्गको रंगेली नगरपालिका ६ का ३२ बर्षीय रबिन कुमार सरदार, सोही ठाउँका २८ बर्षीय संतोष सरदार, बर्ष २५ का बिरेन्द्र सरदार गम्भीर घाईते भएका छन् । यसैगरी बिराटनगर उपमाहानगरपालिकाका ३५ बर्षीय बिजय दास, सोही बसका चालक कपिलवस्तु बुद्धभुमी गाउँपालिका ३ का ३८ बर्षीय हेमराज अधिकारी, लुम्बिनी रुपन्देही नगरपालिका १३ बस्ने ३५ बर्षका दुर्गा पौडेल, लुम्बिनी महादेवा गापा २ का युवराज पुल घाईते भएका छन् ।

यस्तै ट्रक चालक बारा जितपुर उपमाहानगरपालिका २ बस्ने बर्ष २९ को रोशन श्रेष्ठ र सोही ठाउँका ट्रकका सहचालक बर्ष २५ का सुरज बुढाथोकी घाईते भएका छन् ।

दुर्घटना चाईनिज क्याम्पको छेउमा बिहान ५ बजे भएको थियो । घाईतेहरुलाई तत्कालै प्रहरीले उद्धार गरि उपचारका लागि महुली पोलिक्लिनिक महुलीमा पठाएका छन् । घाइतेहरुको महुलीमा प्राथमिक उपचारपछि थप उपचारका लागि बाहिर पठाएको ईलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।

घाईते मध्ये पाँच जनाको अबस्था गम्भीर रहेको तथा दुर्घटनाग्रात दुबै सवारी साधन प्रहरी नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारी दिनुभयो ।

प्रतिक्रिया