Friday 20th of September 2024

पथलैयाबाट अमलेखगञ्जमा खानेपानी पुर्याउने प्रतिवद्धता जीतपुर

0 Shares

खानेपानीको चरम अभाव झेलिरहेको बाराको अमलेखगञ्ज क्षेत्रमा खानेपानी पु¥याउन प्रदेश २ सरकारले विशेष योजना ल्याउने भएको छ ।

प्रदेशका खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्माले यस्तो प्रतिवद्धता ब्यक्त गरे ।

पथलैयास्थित खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा रहेको ओभरहेड ट्यांकीको क्षमता बिस्तारका लागि पहल गर्न पुगेको प्रदेशसभा सांसद शोभा लामासहितको टोलीसँग मन्त्री शर्माले अमलेखगञ्ज पथलैयामा निर्माण हुने ट्यांकीले अमलेखगञ्जका बासिन्दालाई समेत लाभ मिल्नेगरी योजना अघि बढाउने प्रतिबद्धता जाहेर गरेको टोलीमा सहभागी नेपाली काँग्रेस जीतपुरसिमरा नगर सभापति श्यामबाबु गुप्ताले बताए ।

पाईलाईनमार्फत डिजल पु¥याउन सकिने अमलेखगञ्जमा खानेपानी समेत सोही प्रकृयाबाट पु¥याउन सकिनेबारे सम्भाब्यता अध्ययन गरी तत्काल काम अघि बढाउने प्रतिवद्धता मन्त्री शर्माले जनाउनुभएको सभापति गुप्ताले बताए ।

अ म ल े ख ग ञ् ज म ा अहिले चुरेस्थित बिजौरा खोलाको मुहानबाट पानी संकलन गरि त्यहाँस्थित उद्योग कलकारखानालगायत ६ सय ४२ घरधुरीलाई पानी वितरण हुँदै आएको छ । तर बढ्दो जनसंख्या र सहरीकरणका कारण सो पानी प¥याप्त नहुँदा तत्काल अर्को विकल्प आवश्यक देखिएको छ ।

वडा नम्बर १ का वडाध्यक्ष हिरा बहादुर गुरुङ, पथलैया खानेपानीका अध्यक्ष सुरेश लामा, सचिव मदन कंशकार लगायतको टोलीसँग मन्त्री शर्माले आफ्नै कार्यकालमा अमलेखगञ्ज बासीलाई खानेपानी पुर्याउने प्रतिवद्धता ब्यक्त गरे ।

प्रतिक्रिया