सुजिता हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय महोत्तरी, संघीय प्रहरी र प्रदेश प्रहरीको टोलीले लगातार दुई दिन देखि सुजितको शव खोज्ने कार्यमा जुटेका छन् । असार १३ गते सुजिताको ससुरा पतिराम ठाकुरको खेतमा चार फिट गहीरो खाडल खन्दा कपाल , नुन, मलखाद र डोरी फेला परेको थियो । त्यहि ठाउँको छेउमा रहेको नालामा डोजर लगाई दुई दिन देखि (असार २३ र २४ गते) शव खोज्ने कार्य जारी रहेको भएपनि अहिले सम्म केहि फेला परेको छैन ।
आज असार २४ गते खोजि कार्यको दोस्रो दिन पक्राउ परेको सुजिताको देवर रुपेश ठाकुरलाई पनि प्रहरीले खोजि स्थलमा ल्याएको थियो । श्रोतको अनुसार रुपेशले सुजितको हत्या गरेको र शवलाई पुन: पहिलेको ठाउँ (असार १३ मा अवशेष भेटिएको ठाउँ) बाट निकालेर अर्को ठाउँमा गाडेको पनि स्वीकार गरिसकेको छ । तर दोस्रो पल्ट शवको वाकी भागलाई काहाँ गाडेको वारे प्रष्ट भनिरहेको छैन । यस वारे खोजि स्थलमा लगातार दुई दिन देखि उपस्थित रहेको अभियन्ता सरोज रायले दिएको जानकारी अनुसार शवलाई अर्को ठाउँमा सार्दा रुपेश पनि उपस्थित रहेको स्वीकार गरेको सुन्ने तर अहिले प्रहरीलाई निकाल्ने बेला अत्यधिक दुर्गन्ध आइरहेको हुनाले आफु टाढा रहेको र आफ्नो दुईजना मान्छेले शव यहिँ नजिक कता गाड्यो आफुलाई यकिन नरहेको बताउंदै छ । रुपेशको यस्तो व्यानले गर्दा नहरको करिव पचास मिटर लामो खुदाई गरे पश्चात पनि शव भेटिएको छैन ।
महोत्तरी जिल्ला भमरपुरा गाउँमा ससुराली रहेको सुजिता ठाकुरको हत्या जेठ २० गते भएको थियो । सुजिताको हत्या बारे उनकै ५ बर्षीय छोराले खुलाए पछी माइतीपक्ष र समाजिक अभियन्ता सरोज रायको सक्रितामा चौतर्फी दवाव बढेपछि प्रहरीले खोज तलास शुरु गरेका थिए । यसै खोज तलासको क्रममा असार १३ गते सुजिताको ससुराको खेतमा चार फिट गहीरो खाडल खन्दा कपाल, नुन, मलखाद, तन्ना र डोरी फेला परेको थियो ।
त्यही दिन महोत्तरी प्रहरीले सुजिताको श्रीमान र देवर लाई पक्राउ गरेको थियो । बाकी रहेका सुजिताकी सासू, ससुरा पतिराम र देवरानी रोमा भन्ने अहिले पनि फरार रहेका छन । उनीहरु भारतको विहारमा लुकेर बसेको हुनसक्ने अशंका गरिएको छ ।
मुख्य आरोपित पक्राउ परेको र दुई दिनको खोजि कार्य पछि पनि शव फेला नपरेपछि विभिन्न शंका उपशंका पनि उब्जिएका छन् । सुजिताको बुवाको अनुसार पतिराम ठाकुर पैसा वाला रहेको र उनले केस दबाउन पैसा छिटेको सुन्दैछु । ईश्वर माथि विश्वास छ र प्रहरीको खोजि कार्य देखाव मात्र नरहेको आफुलाई विश्वास रहेको उनले बताए ।
पहिलो चोटी असार चार गते जाहेरी लिएर पिडित परिवार जिल्ला प्रहरी कार्यालय पुगेका थिए, त्यस बेला जाहेरी दर्ता नगरेपनि सुजिताको खोजि कार्य गम्भीरताले गरेको भए आजको दिन सबै हत्यारा खोरमा हुन्थियो तर प्रहरीको प्रारम्भिक लापरवाहीको कारण दोषी उम्किन सफल भएको अभियन्ता रायले बताए ।
यस हत्या प्रकरणमा महोत्तरी जिल्ला प्रहरीको डिएसपी विष्ट, संघीय प्रहरीको डिएसपी छेदिलाल कामति, प्रदेश प्रहरीको डिएसपी ज्ञान कुमार महतोको साथ करिव दुइ दर्जन भन्दा बढी प्रहरी खोजि कार्यमा जुटेका छन् । –thebuddhaexpress