Tuesday 28th of May 2024

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन

0 Shares

भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा खसेको पहिरो पन्छाएसँगै सवारी आवागमन पुनः सञ्चालन भएको छ।

बुधबार राति १० बजेदेखि पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक शुक्रबार बिहान ५ः३० देखि एकतर्फी सञ्चालनमा आएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाएसँगै रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन्।

सो स्थानमा वर्षा शुरु भएसँगै पटक–पटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ।

एक साताभन्दा बढी समयदेखि सो ठाउँमा पटक–पटक पहिरो खसेर दुःख दिइरहेको छ। पानी परे लगत्तै पहिरो खस्ने समस्या छ। श्रोतः सतोपाटि

प्रतिक्रिया