Monday 24th of June 2024

सिरहाबाट एक महिला पक्राउ

0 Shares

सिरहा ः सिरहाको नैनपुरबाट लागुऔषध गाँजा र स्पामो ट्याब्ललेटसहित एक महिला पक्राउ परेका छन् ।

धनगढिमाई नगरपालिका ११ नैनपुर बस्ने पवन महतोकी श्रीमती निला महतोलाई पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा बिहीबार राति ८ बजे घरमा खानतलासी गर्दा साढे ६ किलो गाँजा र लागुऔषध ६ सय स्पानो ट्याबलेट बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

गाँजा र ट्याबलेट बरामद भएपछि निलादेवीलाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया