Tuesday 11th of February 2025

रौतहट ः नालाभित्र एक पुरुषको शव फेला

0 Shares

रौतहट ः रौतहटको सदरमुकाम गौरमा अवस्थित एक नालाभित्र एक पुरुषको शव फेला परेको छ ।

गौर नगरपालिका वडा नम्बर – ५ का ५५ वर्षिय नैमुदिन मन्सुरिको गएराति नालामा खसेको अवस्थामा खसेपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार बेलुकी ४ बजेदेखि मदिरा सेवन गरेर मातिएका मंसुरी राति अवेर बजारबाट आफ्नो घर फर्किएका थिए । सोही क्रममा उनको खुट्टा चिप्लिएर गौर ५ स्थित नालामा खसेपछि बाहिर निक्लिन नसकेर मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी प्रमुख एसपी सिद्वी बिक्रम शाहले बताए ।

मृतक मंसुरिको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा पठाइएको प्रहरीले जानकारी दिएको छ । मृतकले दैनिक मदिरा सेवन गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया