जलेश्वर / नेपाल शिक्षक महासंघको केन्द्रिय समितीको पूर्वनिर्धारित कार्यक्रम अनुसार आज महोत्तरीको जलेश्वरस्थित जिल्ला शिक्षा समन्वयन ईकाई समितीको अगाडि शिक्षकहरुले धर्ना दिएका छन ।
जिल्लातहका शिक्षक संघसंगठनका जिल्लास्तरीय नेताहरु सम्मिलित पदाधिकारीहरु जिल्ला शिक्षा समन्वय ईकाई कार्यालयको अगाडि धर्नामा बसेका हुन । उनीहरु पूर्वनिर्धारित कार्यक्रम अनुसार विहान १० बजेदेखि दिउसो १ बजेसम्म धर्नामा बसेका हुन ।
शिक्षकहरुको सम्पूर्ण ज्याज माग पुरा गराउनका लागि हामी तमाम शिक्षकहरु एकतावद्ध भई चरणवद्ध रुपमा आन्दोलनमा उत्रिएर माग पुरा गराएर छाडने नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष जयचन्द्र ठाकुरले जानकारी दिनुभयो ।
अध्यक्ष ठाकुरका अनुसार सरकारसग माग पुरा गराउनका लागि हामी अहिले चौथौ चरणमा पुगेकोले सरकारले अव पनि हामीहरुको माग पुरा नगराए हामीहरु अझ कडारुपमा आन्दोलनमा उत्रिने जानकारी दिनुभयो ।
सोहीवीच रेडियो रुपान्तरणसँगको कुराकानीको क्रममा महासंघका सचिव कुमार घिमिरेले सम्पूर्ण शिक्षकहरुको तलब समान रुपमा तहगत रुपमा एकता कायम राख्ने र सवैलाई स्थायी हुने किसिमले सहमति गराउने किसिमको यो आन्दोलन भएकोले यसमा सवैसंग सकारँत्मक सहयोगको लागि शिक्षक पदाधिकारीहरुले माग गरेका हुन ।
जिल्लाका विभिन्न स्थानका गरि ५० जना शिक्षकहरु सो कार्यक्रममा सहभागी रहेको थियो ।
्