कुटपिटबाट घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु

सप्तरी ः सप्तरीको खडक नगरपालिका वडा नम्वर ९ लालपट्टी टोलमा दुई समुह बीच कुटपिटबाट घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

सोही नगरपालिका वडा नम्वर ९ बस्ने ५८ वर्षीय मो। दाउद मियाँलााई कुटपिट गरी घाइते बनाएका थिए । मियाँको उपचारका क्रममा राजविराज स्थित छिन्नमस्ता अस्तालमा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

बैदेशिक रोजगारीमा पठाएकोमा काम राम्रो नभएकोले मियाँलाई पैसा फिर्ता गर्नु पर्छ भने थिए । तर मियाँले पैसा फिर्ता नदिदाँ विवाद उत्पन्न भएको थियो । पैसा दिन नमान्दा उनलाई कुटपिट गरी घाइते बनाएका थिए ।

शव पोष्टमार्टम गरी परिवारको जिम्म लगाएको र कुटपिटमा संलग्नहरुको खोजि कार्य भईरहेकोे प्रहरीले जनाएको छ ।

यसरी भयो घटना

बैदेशिक रोजगारीमा पठाएकोमा काम राम्रो नभएकोले मियाँलाई पैसा फिर्ता गर्नु पर्छ भने थिए । तर मियाँले पैसा फिर्ता नदिदाँ विवाद उत्पन्न भएको थियो । पैसा दिन नमान्दा उनलाई कुटपिट गरी घाइते बनाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार