सिमा क्षेत्रबाट १० लाख नगद सहित दुई महिला पक्राउ

राम नारायण यादव, सप्तरी ।  १० लाख नगद सहित दुई जना महिला मंगलबार सिमा क्षेत्रबाट पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका वडा नम्वर ५ बस्ने ३८ वर्षीयाा कविता दास र २२ वर्षीया रिंकु दास रहेकी छिन् ।

उनीहरुलाई स्रोत नखुलेको १० लाख नगद सहित सशस्त्र प्रहरी बलको तिलाठी स्थित बीओपीको गस्ती टोलीले मंगलबार दिउँसो पक्राउ गरेको सप्तरीका सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए ।

शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट १० लाख रुपैयाँ बरामद भएको र उनीहरुले उक्त रकमको स्रोत खुलाउन नसकेका कारण बरामद रकमसहित दुवै जनालाई भन्सार कार्यालयको जिम्मा लगाउने तयारी भइरहेको उनले बताए ।

प्रतिक्रिया