
गौशाला, महोत्तरी, गौशाला नगरपालिकाका नगरप्रमुख दिनभरि नै शिलान्यास कार्यक्रमका व्यस्त रहेका छन । वुधबार विहानैदेखि साँझसम्ममा नगरप्रमुख शिवनाथ महतोले नगरपालिकाको विभिन्न स्थानमा गरि ८ वटा योजनाको शिलान्यास गरिएको हो ।
नगरप्रमुखले आज ५ वटा आधारभुत स्वास्थ्य केन्द्र, १ सामुदायिक भवन, विद्यालयको भवन र सडकको शिलान्यास गरिएको हो । नगरप्रमुखद्धारा वडा नं. ३, ५, ७, ९ र १० मा निर्माण हुन लागेको आधारभुत स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको हो ।
वडा नं. १० मा ७ लाखको लागतमा वडास्तरीय योजनामार्फत निर्माण हुने सामुदायिक भवन, नगरपालिकाद्धारा निर्माण हुन लागेको राष्टिय आधारभुत विद्यालयको २ तल्ला भएको २ कोठे भवन, नगरपालिकाद्धारा ५५ लाखको लागतमा निर्माण हुने पिसिसी सडकको समेत शिलान्यास गरेका हुन ।
नगरप्रमुखले शिलान्यास गरेको आधारभुत स्वास्थ्य चौकी भवनमध्ये वडा नं. ३ मा २१ लाख ५५ हजार, वडा नंं ५ मा १९ लाख ६६ हजार, वडा नं. ७ मा २१ लाख ३ हजार, वडा नं. ९ मा ३८ लाख ६० हजार, वडा नं. १० मा ३८ लाख ६० हजार रकम नगरपालिकाले विनियोजन गरिएको नगरप्रमुख शिवनाथ महतोले बताउनुभयो । शिलान्यास गरिएको सो स्वास्थ्य चौकी भवनको निर्माण कार्य अगामी असार मसान्तसम्ममा सम्पन्न हुने नगरप्रमुख महतोले जानकारी दिनुभयो ।
वडाअध्यक्षले गरे स्वास्थ्य चौकी भवन निर्माणका लागि जग्गादान
वडा नं. ७ का वडाअध्यक्ष किशुनदेव कुमरले स्वास्थ्य चौकी भवन निर्माणका लागि जग्गादान गरेका हुन । वडा नं. ७ को जयपुर, जमुनिया र मनहर्वा टोललाई पायक पर्ने स्थानमा अडाई कटठा जग्गादान गरेको वडाअध्यक्ष कुमरले जानकारी दिनुभयो । त्यस्तै सोही स्थानका रामपुकार यादवले अढाई कटठा जग्गादान गरेका हुन ।