मदरसामा तालाबन्दी

सर्लाही : सर्लाहीको कौडेना गाउँपालिका- ७ शिवनगर स्थित मदरसा इस्लामीक प्राथमिक विद्यालय  व्यवस्थापन समितिका पुर्व अध्यक्ष शेष गनी अहमदले  गाउँपालिका अध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र शिक्षा शाखा प्रमुख मिलेर अनियमित तरिकाबाट उक्त  मदरसाको  ब्यवस्थापन समिति गठन गरी रकम हिनामिना गरेको आरोप लगाउँदै उनीहरु उपर कार्यवाहीको माग गरेको छ ।No description available.

पुर्व अध्यक्ष अहमदले आफ्नो तीनवर्षे कार्यकाल समाप्त भएपछि गाउँपालिकाका अध्यक्ष राम प्रसाद राय यादव,प्रमुख प्रशासकीय अधिकृत सुरेश साह,वडा न-७ का वडाध्यक्ष विजय प्रसाद यादव र शिक्षा शाखा प्रमुख राज किशोर यादवले  मदरसा इस्लामीक प्राथमिक विद्यालय  व्यवस्थापन समितिमा नयाँ पदाधिकारी चयन गर्न कुनैपनि सूचना नदिई ,कुनै सामाजिक जानकारी नगराई  आफु मातहतका ब्यक्तिलाई समावेश गरेर अनियमित तरिकाबाट विद्यालय व्यवस्थापन समिति गठन गरी उक्त मदरसाको नाउँमा  नेपाल बैक लिमिटेडको मलंगवा शाखामा  चल्ती खाता समेत रहेकोले उनीहरू मिलेर बिना सूचना जानकारीको आधारमा नयाँ व्यवस्थापन समिति गठन गरेको आरोप लगाएको छ । पारदर्शी रुपमा व्यवस्थापन समिति गठन गरिनुपर्ने आफुहरुको माग रहेकोले नवगठित समितिलाई  समितिलाई बदर गरी पुनः पारदर्शी तरिकाले समिति गठन गराइदिन भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन समेत दिइसकेको पुर्व अध्यक्ष अहमदले बताए ।No description available.

अनियमित तरिकाबाट गठन भएको मदरसा इस्लामीक प्राथमिक विद्यालयको   व्यवस्थापन समितिलाई बदर गरि दोषीहरुलाई कार्यवाही गर्नुपर्ने मागहरु राखेर पुर्व अध्यक्ष अहमदको अगुवाइमा स्थानीयबासीहरुले शुक्रवार दिउँसो शिवनगर स्थित उक्त  मदरसामा तालाबन्दी गरेका छन् ।No description available.No description available.

प्रतिक्रिया

सम्बन्धित समाचार