
राजविराज : सप्तरीको महादेवा गाउँपालिकामा अज्ञात रोगका कारण एक महिलाको मृत्यु भएको छ । एक दर्जनभन्दा बढी व्यक्ति विरामी भएका छन् ।
मृत्यु हुनेमा महादेवा गाउँपालिका वडा नम्वर २ चकलीकी ४० वर्षीया सितादेवी रजक रहेको छ । बिहिवार साँझ अपच र वाकवाकी लाग्ने, पखाला, टाउको दुख्ने तथा ज्वरो आउने जस्ता समस्या देखिएर अस्पतालमा भर्ना गरिएको थियो ।
उनलाई राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतलमा उपचार भई रहेको थियो । उपचारकै क्रममा उनको राति मृत्यु भएको हो । ‘फूड पोइजन’ जस्तो लक्षण देखिएर महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
उनीसँगै लक्षण देखिएर २२ वर्षीय संदिप रजक, १८ वर्षीय रंजित रजक, २२ वर्षीया कंचन रजक, १९ वर्षीय राजेश रजक बिरामी भएका छन् ।
यसैगरी ३० वर्षीया सोनीयादेवी रजक, १७ वर्षीय काजल मण्डल र ३० वर्षीय रन्जन मिश्रा पनि विरामी परेको निमित्त प्रमुख यादवले बताए । ‘अपच र वाकवाकी लाग्ने, पखाला, टाउको दुख्ने तथा ज्वरो आउने जस्ता समस्या देखिएको छ’ उनले भने–‘हामी सो गाउँमा स्थानीय स्वास्थ्यकर्मीहरुको टोली पनि पठाइसकेका छौं ।’
विरामीहरुमध्ये तीन जनाको उपचार गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भइरहेको छ, भने ४ जनालाई थप उपचारको लागि धरान रिफर गरिएको अस्पतालका निमित्त प्रमुख डा.रणजीत कुमार झाले बताए । ‘चार जनालाई रिफर गरिएको छ, जसमध्ये १ जनाको अवस्था चिन्ताजनक छ’ उनले भने–‘यहाँ उपचारार्थ ३ जनाको अवस्था समान्य रहेको छ ।’
प्रमुख जिल्ला अधिकारीको टोली घटना स्थलमा
सप्तरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जिल्लामा अज्ञात रोग देखिएको जानकारी लगदै घटना स्थलमा पुगरे त्यहाँको अवस्थमाको बारेमा जानरी लिएका लिएका छन् ।
बिरामीहरुमा अहिले देखिएका लक्षणहरु अपच र वाकवाकी लाग्ने, पखाला, टाउको दुख्ने तथा ज्वरो आउने जस्ता समस्या देखिएर महादेवा गाउँपालिका वडा नम्वर २ चकली टोलमा एक जना महिलाको मृत्यु भएको छ, भने एक दर्जभन्दा बढी मानिस बिरामी भएको गाउँपालिकाका अध्यक्ष दिपक कुमार यादवले उक्त टोलिलई जानकारी दिए ।
दुवै स्थानीय तहमा पुगेर प्रजिअ आचार्यले बिरामीहरुको अवस्थाबारे जानकारी लिएका हुन् । सोही क्रममा उनले आवश्यकताअनुसार अस्पताल भर्ना हुन विरामीहरुलाई आग्रह गरेका छन् भने तदारुकतासाथ उपचारमा लाग्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन समेत दिएका हुन् ।
‘उपचारको लागि धरान पठाइएको २ जना बिरामीको स्वास्थ्य अवस्था पनि समान्य नै रहेको छ, गम्भीर देखिएका अन्य एक जनाको उपचार भइरहेको छ’ प्रजिअ आचार्यले भने– गाउँपालिकाका विरामीहरुसँग भेटघाट गरे, उहाँहरुको स्वास्थ्य अवस्था पनि समान्य रहेको जानकारी दिए ।
प्रतिक्रिया