राष्ट्रिय अनुसन्धानका कर्मचारीको हत्या

विराटनगर : राष्ट्रिय अनुसन्धानका कर्मचारीको शुक्रबार राति ह’त्या भएको छ । विराटनगर महानगरपालिका ५ पृथ्वीचोक निवासी ४२ वर्षीय भोला सिंहको आफ्नै घरमा ह-त्या भएको हो ।

धारि’लो हति’यारले प्रहार गरी उनको ह’त्या गरेको देखिएको छ- मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताए । पारिवारिक विवादलाई लिएर मदि’रा सेवन गरेका आफ्नै भाइ ३१ वर्षीय साजन सिंहले ह’त्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनको भनाई छ ।

गम्भीर घाइते अवस्थाका भोलालाई तत्काल प्रहरीले उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल पुर्‍याइएको थियो । तर राति ११ बजेतिर चिकित्सकले मृत घोषित गरे । भोलाको घाँटीको दायाँ भाग, टाउको र देब्रे हातको पातोमा गहिरो चोट लागेको थियो । प्रहरीले घटनाको विषयमा अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार