Wednesday 29th of May 2024

सेयर सदस्यको परिवारलाई किरिया खर्च

0 Shares

गौशाला ः महोत्तरीको औरही नगरपालिका– ७ सोनामाई भोईल स्थित रहेको विषहारामाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफना सेयर सदस्यको परिवारलाई किरिया खर्च वापत ५ हजार रकम प्रदान गरेको छ । बार्षिक कार्यक्रम बमोजिम मृतकका परिवारलाई सो रकम प्रदान गरिएको हो ।No description available.

गत असार १६ गते मृत्यु भएका औरही नगरपालिका वडा – ३ श्रीपुरका सेयर सदस्य विन्देश्वर रायको श्रीमती लिला देवीलाई घरमै पुगि सो रकम हस्तान्तरण गरिएको हो ।

सो–अवसरमा संस्थाका सचिव श्री रामनारायण साह र क्रमचारीहरु श्री संजय कुमार यादव र रामबली मण्डलको पनि उपस्थिति रहेको थियो ।No description available.

प्रतिक्रिया