Wednesday 24th of July 2024

साँसद थापाले सदनमै भनिन्- लुट्न सके लुट सरकार, प्रदेश २ मै छ छुट !

0 Shares

जनकपुरधाम : नेकपा (एमाले)की सांसद शारदा थापाले प्रदेश २ सरकारले कार्याकर्ता पाल्न र कमिसन खाने योजना ल्याएको आरोप लगाएकी हुन ।

शनिबारको प्रदेशसभा बैठकमा सांसद थापाले बजेटमा बह्मलुट गर्ने योजना समावेश गरिएको भन्दै कटाक्ष गरेकी हुन् । “लुट्न सके लुट सरकार, प्रदेश–२ मै छ छुट,” उनले भनिन् ।

सरकारले कार्यकता पाल्न र कमिसन खाने हिसाबले योजना ल्याएको आरोप उनले लगाइन् । सांसदले संसद्मा उठाएको मुद्दालाई सरकारले बेवास्ता गरेको उनको भनाइ थियो ।

जनता आवास कार्यक्रम अलपत्र रहेको उदाहरण दिँदै उनले सरकारले समयमा बजेट उपलब्ध नगराएकोप्रति आपत्ति जनाइन् । सरकारले तेस्रो किस्ताको रकम नपठाउँदा असारको वर्षामा गरिबको बिजोग भएको उनले बताइन् । -टुडे खोज

 

प्रतिक्रिया