Monday 13th of January 2025

पोखरीमा डुबेर मृत्यु

0 Shares

सर्लाही ः सर्लाहीको नेपाल–भारत सिमावर्ती क्षेत्रमा पर्ने विष्णु गाउँपालिका वडा न–३, मधुवनगोठ स्थित सार्वजनिक पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमागोडैता नगरपालिका –२, का ३५ वर्षीय जयकरण मुखिया बिन रहेको प्रहरीले जनाएको छ । बिनको शुक्रवार अपराह्न करिब ४ बजे तिर पोखरीको डिलमा बसेर माछा मारेको हिरिरहेको अवस्थामा अचानक पोखरीमा लडेर डुब्नु गई मृत्यु भएको प्रहरीले जनाएको छ।

पोखरीमा लडेर बेपत्ता भएका बिनको शवलाई माछा मार्ने ठूलो जाल हालेर बाहिर निकालिएको थियो । घटनास्थल पुगेका प्रहरीले मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाएको छ ।

प्रतिक्रिया