गौशाला / प्रदेश नं. २ को प्रदेशसभा वैठक शनिवार सम्पन्न भएको छ । आज वसेको बैठकमा अधिकांश प्रदेश साँसदहरु आर्थिक बर्ष २०७८र०७९ को वार्षिक बजेट निती उपर धारणा राखेका थिए । प्रस्तुत छ यसै सन्दर्भमा तयार पारिएको यो एक सामग्री
संघीय सरकारको मातहतमा रहेको प्रहरीलाई वजेट किन ? : भरत साह, नेकपा माओबादी केन्द्रका संसदीय दलका नेता
प्रदेश २ का प्रदेशसभा सदस्य भरत साहले संघीय सरकार अन्तर्गत रहेको प्रहरीका लागि बजेट छुट्याएकामा प्रदेश २ सरकारको आलोचना गरेका छन् । माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका साहले प्रहरीलाई करोडौं बजेट किन दिएको हो रु भनी प्रश्न गरे ।
file photo
आगामी आर्थिक बर्ष २०७८÷७९ को बजेटमाथिको छलफलमा भाग लिदैं सांसद साहले नेपाल तथा सशस्त्र प्रहरी संघीय सरकार अन्तर्गत रहेकाले प्रदेशबाट बजेट दिन नहुने बताए । संघीय सरकार अन्तर्गत रहेको प्रहरीलाई बजेट दिनु भनेको टाउको दुखेको अवस्थामा खुट्टा दुखेको औषधि खानुजस्तै भएको उनले बताए । प्रदेश सरकारले आगामी आर्थिक बर्षका लागि प्रदेश प्रहरी कार्यालय तथा मातहतका जिल्ला प्रहरी, इलाका प्रहरी, प्रहरी चौकी ट्राफिक प्रहरी लगायतका निकाउहरुको पूर्वाधार निर्माणका लागि ७ करोड ३३ लाख रुपैयाँ विनियोजन गरेको छ । यस्तै सशस्त्र प्रहरी बल तथा मातहतका सीमा सुरक्षा बलहरुको कार्यालयको पूर्वाधार निर्माणका लागि १ करोड ३५ लाख रुपैयाँ विनियोजन गरेको छ । सांसद साहले आर्थिक वर्षको अन्त्यमा विकास निर्माणको काम गर्दा कर्मचारीले फाइदा लिने गरेको बताए । प्रदेश २ का १० प्रतिशत सांसदको काठमाडौंमा घर नभएको, तर ९८ प्रतिशत प्रशासकको काठमाडौंमा घर रहेको सांसद साहले दावी गरे ।
‘लुट्न सके लुट सरकार, प्रदेश २ मै छ छुट ’ : शारदा थापा, नेकपा (एमाले)
नेकपा ९एमाले०की सांसद शारदा थापाले प्रदेश नम्बर २ सरकारको बजेटमाथि कटाक्ष गरेकी छन् । शनिबारको प्रदेशसभा बैठकमा सांसद थापाले भनिन्, ‘लुट्न सके लुट सरकार, प्रदेश २ मै छ छुट ।’
सरकारले कार्यकता पाल्ने योजनाहरु मात्र ल्याएको भन्दै उनले आक्रोस पोखिन् । सांसदले संसद्मा उठाएको मुद्दालाई सरकारले बेवास्ता गरेको उनको भनाइ थियो । जनता आवास कार्यक्रम अलपत्र रहेको उदाहरण दिँदै उनले सरकारले समयमा बजेट उपलब्ध नगराएकोप्रति आपत्ति जनाइन् । सरकारले तेस्रो किस्ताको रकम नपठाउँदा असारको वर्षामा गरिबको बिजोग भएको उनले बताइन् ।
सांसद विकास कोष खारेज गर्नुपर्छ : सांसद मन्जु यादव, नेकपा (एमाले)
प्रदेश २ की नेकपा एमाले सांसद मञ्जु यादवले सांसद विकास कोष खारेज गर्न माग गरेकी छन् । आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै सांसद यादवले यस्तो माग गरेकी हुन् ।
file photo
असार १ मा अर्थमन्त्री विजय यादवले बजेट प्रस्तुत गरेर टेबल गर्ने बेलामा नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरूले सांसद विकास कोषको रकम बढाउनुपर्ने माग राख्दै संसद नै अवरुद्ध गरेका थिए । प्रत्यक्ष सांसदलाइ ३ करोडबाट ५ करोड र समानुपातिक सांसदलाई डेढ करोडबाट अढाई करोड पुर्याउनुपर्ने उनीहरूको माग छ । सांसद यादवले सांसद विकास कोष नै खारेज गर्नुपर्ने माग गरेपछि सदनमा धेरै सांसद चकित भएका छन् । उनले छोरीलाई पैत्रिक सम्पत्तिमा हक नपाउने गरेको जस्तै केन्द्रदेखि प्रदेशसम्म समानुपातिक र प्रत्यक्ष निर्वार्चित सांसदमा विभेद भइरहेकोमा दुस्ख व्यक्त गरिन् ।