Thursday 30th of May 2024

घरेलु लघु वित्तीयद्वारा राहत वितरण

0 Shares

गाैशाला : धनुषाको क्षीरेश्वरनाथ नगरपलिकामा रहेकाे  समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालयद्वारा राहत वितरण गरिएको छ ।

क्षीरेश्वरनाथ नगरपालिका वार्ड नम्बर -५ स्थित चन्द्रपुरका गरिब , विपन्न , आर्थिक रुपले कमजोर भएका र समता लघु वितीयका सहस्य रहेका मध्ये ४३ घर परिवारलाई २० किलो चामल,१ किलो दाल,२ किलो नुन ,साबुन , सुवाबिन लगायतका खाद्यान्न सामग्री बितरण गरिएको छ ।

राहत वितरण शाखा प्रमुख सरोज कुमार महतो, राम नन्दन महतो क्षितेश कुमार महतो लगायत वित्तीय संस्था का सदस्यहरू सहभागी थिए ।

प्रतिक्रिया