
काठमाडौ : स्वाथ्य मन्त्री कृष्णगोपाल श्रेष्ठद्धारा युनियफाइड अस्पताल निरीक्षण तेस्रो लहरको पूर्व तयारी गर्न निर्देशन
स्वाथ्यमन्त्री कृष्णगोपाल श्रेष्ठले वीर अस्पताल परिसरमा रहेको कोभिड युनिफाइड केन्द्रीय अस्पतालको अवलोकन गरेका छन्।
सो क्रममा उनले अब आउन सक्ने तेस्रो वेवको गम्भीरता पूर्वक पूर्वतयारीमा रहन निर्देशन दिए।
सो अवसरमा मन्त्री श्रेष्ठलाई स्वाथ्य सचिव लक्ष्मण अर्याल र अस्पतालका निर्देशक डा जागेश्वर गौतमसहित चिकित्सक टोलीले अस्पतालको पछिल्लो अवस्थाबारे जानकारी गराएको थियो।
अस्पतालले हाल अस्पतालले सय वेडको आइसीयू सञ्चालन गरिरहेको छ। बाँकी सय वेड आइसीयू सहितको वेड तयारी अवस्थामा रहेको अस्पतालको निर्देशक डा. गौतमले जानकारी दिए।
प्रधानमन्त्री केपी शर्माले ली आइतबार अस्पताल भवन अद्घाटन गर्नु अघिल्लो दिन आज शनिबार निरीक्षण गर्न पुगेका मन्त्री श्रेष्ठले अब आउनसक्ने कोभिड महामारीको तेस्रो चरणको विश्लेषण गरी तत्काल सबै उपाय अवलम्बन गर्न आग्रह गरे।
प्रतिक्रिया