रौतहटमा ६ महिनामा ४१ महिला हिंसाको सिकार ।।

रौतहट । रौतहटमा ६ महनिामा ४१ ओटा महिला हिंसाका घटनाहरु भएको छ । शनिबार रौतहटको चन्द्रपुरमा आयोजीत मानबअधिकार वर्ष पुस्तक सन २०२२ को अर्धवार्षिक समिक्षा गोष्ठीमा सो तथ्याङक सार्वजनिक गरिएको छ ।

गत २०७७ पुस १६ गते यता २०७८ जेठ मसान्तमा बहुविवाह , बालविवाह , बलात्कार , बलात्कारका प्रयास , कुटपिट तथा एसिड प्रहार जस्ता ४१ ओटा घटना भएको रौतहटका इन्सेक प्रतिनिधि कोपिला तिमल्सिनाले बताउनु भयो ।

शनिबार रौतहटको चन्द्रपुर नगरपालिकाका नगर उपप्रमुख रामरति चौधरीले उद्घाटन गर्नु भएको सो कार्यक्रम इन्सेक रौतहटको आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा ६ महिनाको अवधिमा रौतहटमा बहुविवाह पिडित ४ महिला र ४ पुरुष पिडक रहेको जनाइएको छ ।

त्यसैगरि वालविवाह १ जनको भएको र सबै विवाह भागी भएको इन्सेक नेपालले जनाएको छ । पछिल्लो ६ महिनामा १७ बलात्कार तथा ५ बलात्कारका प्रयासका घटना भएको समेत तथ्याङमा उल्लेख गरेको छ ।

त्यसैगरि रौतहटमा सो समय अवधिमा ९ ओटा कुटपिट तथा १ एसिड प्रहारको घटना भएको इन्सेक नेपालले जनाएको छ । प्रदेश नं २ अन्र्तगत पर्ने रौतहटमा इन्सेकले लामो समय देखि नै समग्र मानब अधिकारको क्षेत्रमा विभिन्न कार्यहरु गर्दै आइरहेको छ ।,

प्रतिक्रिया