Saturday 12th of October 2024

महोत्तरी प्रहरीको ठूलो सफलता ः सुजिता ठाकुरको शव भेटियो

0 Shares

महोत्तरी ः  सुजिता हत्या प्रकरणमा निकै प्रयास पछी आज प्रहरीले ठूलो सफलता हात पारेको छ । गाउकै नजिक रहेको पेट्रोल पम्पको छेउमा ससुरा पतिरामकै खेतमा निर्माणाधीन ट्वाइलेटको टंकीमा सुजिताको शव सरेगलेको अवस्था भेटीएको हो ।

अनुसन्धानकै क्रममा प्रहरीले खोजविन गर्ने क्रममा निर्माणाधीन टवाईलेटको खाल्टोलाई ४ फिट खनेपछि उनको शव भेटिएको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले बताउनुभयो । वरामद भएको शव सुजिताको माईतीपक्षका आमा बाबु लगायतका परिवारजनले पहिचान गरिएपछि शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर पठाईएको प्रहरी नायव उपरिक्षक विष्टले जानकारी दिनुभयो ।

प्रदेश प्रहरी , संघिय प्रहरी , जिल्ला प्रहरी र अभियन्ता सरोज रायको संयुक्त मेहनतको प्रतिफलमा यो ठूलो सफलता हासिल गरिएको हो ।

प्रदेश प्रहरीका डिएसपी ज्ञान कुमार महतो, संघिय प्रहरीका डिएसपी छेदीलाल कामती ,टेक्निकल सपोर्टमा असई विशम्भरनाथ र अभियन्ता सरोज रायको संयुक्त प्रयासमा लामो प्रयासपछि सुजिताको शव भेटिएको महोत्तरी प्रहरीले जनाएको छ ।

सुजिताको शवको खोजतलास लगभग एक महिना देखि भइरहदा प्रहरीले असार १३ गते सुजिताको श्रीमानको खेतमा चार फिट गहीरो खाडल खन्दा कपाल , नुन, मलखाद , तन्ना र डोरी फेला पारेको भएपनी पुरै शव भेटाएका थिएन ।

यस अघि महोत्तरी जिल्ला भमरपुरा गाउँमा ससुराली रहेको सुजिता ठाकुरको हत्या जेठ २० गते भएको थियो । सुजिताको हत्या बारे उनकै ५ बर्षीय छोराले खुलाए पछी माइतीपक्ष र समाजिक अभियन्ता सरोज रायको दवावमा प्रहरीले खोज तलास शुरु गरेका थिए ।

त्यही दिन महोत्तरी प्रहरीले सुजिताको श्रीमान र देवर लाई पक्राउ गरेको थियो । बाकी रहेका सुजिताकी सासू ,ससुरा पतिराम र देवरानी रोमा भने अहिले पनि फरार रहेका छन । उनीहरु भारतको विहारमा लुकेर बसेको हुनसक्ने अशंका गरिएको छ ।

महोत्तरीमा बेपत्ता महिलाको शव खेतमा भेटियो ।।

ठाकुरको शव गाडेकाे समाचारप्रति राष्ट्रिय महिला आयोगको गम्भीर ध्यानाकर्षण

सुजिता हत्या प्रकरण : श्रीमान् र देवर प्रहरीको नियन्त्रणमा ।।

महोत्तरीको भमरपुरामा यसरी गरिएको थियो सुजिताको हत्या (हेर्नुहोस् विस्तृत विवरण भिडियो सहित)

सुजिता ठाकुरका छोराको बयानः काठ काट्ने मेसिनमा मम्मीको घाँटी काटे [भिडियाे सहित]

सुजिता ठाकुरको दाई जितेन्द्र पाण्डेय र देवर रुपेष ठाकुर बीच भएको कल रेकर्डि [भिडियाे सहित]

सुजिता हत्या प्रकरणमा डिआइजिले भने ‘दोषी उम्किन पाउंदैन’

सुजिता हत्या प्रकरण : घटनाको एक महिना पछि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दरखास्त दर्ता ।।

सुजिताको शव खोज्न तिन तहको प्रहरी, देवरले स्वीकारे अपराध !

प्रतिक्रिया