Wednesday 29th of May 2024

महोत्तरी : दुर्घटनामा परी तीनजना गम्भीर घाइते

0 Shares

महोत्तरी: महोत्तरीको सोनमा गाउँपालिका ७ सुन्दरपुरमा मोटरसाइकलले साइकल यात्रीलाई ठोक्किदा तीनजना गम्भीर घाइते भएका छन् ।

घाइतेहुनेहरुमा प्रदेश २-०२-००२प ६८२२ नम्बरको मोटरसाइकल चालक र मोटरसाइकलमा सवार सोनमा गाउँपालिका ७ बस्ने २० वर्षीय शिवकुमार साह र सोही ठाउँ बस्ने २२ वर्षीय बिजय ठाकुर र गौशाला नगरपालिका १० भरतपुर खोर बस्ने साइकल यात्री ३० वर्षीय मधु महतो रहेका छन् ।

उक्त दुर्घटनामा परी साइकल यात्री महतोको टाउकोमा गम्भिर चोट लाग्नुको साथै खुट्टा समेत फ्र्याक्चर भएको छ ।

त्यसैगरी मोटर साइकल चालक साहको टाउको फुटि गम्भीर घाइते भएका छन् । घाइते तिनैजनालाई उपचारका लागि बर्दिवास र जनकपुर पठाईएको ईलाका प्रहरी कार्यालय गौशलाले जनाएकाे छ।

प्रतिक्रिया