Tuesday 21st of January 2025

दक्षिण अफ्रिकामा पूर्वराष्ट्रपति जुमाको रिहाइको माग गर्दै प्रदर्शन

0 Shares

काठमाण्डाै / दक्षिण अफ्रिकामा पूर्वराष्ट्रपति ज्याकोब जुमाको रिहाइको माग गर्दै प्रदर्शन सुरु भएको छ । जुमाले प्रहरीसमक्ष आत्मसमर्पण गरेसँगै उहाँको रिहाइको माग गर्दै प्रदर्शन सुरु भएको हो । दक्षिण अफ्रिकाको जोहानेसबर्गमा भेला भएका प्रदर्शनकारीहरुले यातायात सेवा ठप्प पारेर प्रदर्शन गरेका छन् ।

प्रहरीले ६० जना प्रदर्शनकारीलाई पक्राउ गरेको जनाएको छ । प्रदर्शनकारीहरुले जुमा निर्दोष रहेको भन्दै रिहा नगरेसम्म आन्दोलन फिर्ता नलिने चेतावनी दिएका छन् । उनीहरुले ठाउँ-ठाउँमा आगजनी र तोडफोड गरेका छन् । अशान्ति बढ्दै गएपछि दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले प्रदर्शनकारीलाई धैर्य गर्न आग्रह गर्नु भएको छ ।

गएको बुधवार जुमाले आफ्नो निवास नजिकै रहेको कारागारमा पुगी प्रहरीसमक्ष आत्मसमर्पण गर्नुभएको थियोे । उहाँमाथि भ्रष्टाचारको आरोप लागेको छ ।

प्रतिक्रिया