प्रदेश २ ः नक्कली सवारी पास बनाउने दुई युवक पक्राउ

बारा  : प्रदेश २ को बारा जिल्लामा नक्कली सवारी पास बनाउने दुई जनालाई प्रहरीको पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका १७ बस्ने २१ वर्षीय जय नारायणप्रसाद जयसवाल र कलैया ३ बस्ने ३० वर्षीय गोपालप्रसाद साह छन् ।

शनिबार मध्यान्न १२ बजे प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका९ १ पथलैया चोकस्थित सडकमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा कलैयादेखि काठमाण्डौ जान लागेको ना१ज ७२८८ नम्बरको समोका धनी जयनारायणसंग नक्कली सवारी पास फेला परेको थियो ।

सवारी पासमा जिल्ला प्रशासन कार्यालय बाराको छाप र अधिकृतको दस्तखतसमेत किर्ते रहेको भेटियो ।

सोधपुछ गर्दा उनले कलैया९४ स्थित मालपोत कार्यालय अगाडिको दाइभाइ फोटो स्टुडियो एण्ड जनरल स्टोरबाट बनाएको बताएका थिए । पसल खानतलासी गर्ने क्रममा थप तीन थान नक्कली सवारी पास तथा पास बनाउन प्रयोग गरिएका विभिन्न उपकरण फेला परेपछि गोपाललाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

पसलबाट प्रहरीले २ थान प्रिन्टर, एक थान कम्युटर र तीन वटा नक्कली सवारी पास फेला परेको हो ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय सिमरा बारामा राखी लिखत सम्बन्धी कसुर किर्ते मुद्दामा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार