Tuesday 11th of February 2025

दुई युवक पक्राउ

0 Shares

सिरहा ः सिरहाबाट हतियारसहित दुई युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरहाको मिर्चैया नगरपालिका १० बस्ने वर्ष २६ का रामकुमार यादव र वर्ष २२ का रुपेश यादव छन् ।

सोमबार दिउँसो प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटेको संयुक्त प्रहरी टोलीले गोलबजार नगरपालिका ९ बाट दुबैजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

शंकाको आधारमा चेकजाँच गर्दा दुबैजनाको साथबाट मेड इन इटली लेखिएको अटोमेटिक पस्तोल एकथान, त्यसमा प्रयोग हुने एकवटा म्यगजिन र दुई राउण्ड गोली बरामद भएको जिल्ला पहरी कार्यालय सिरहाले जनाएको छ ।

दुबैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया