
महोत्तरी : महोत्तरीमा मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ ।मृत्यु हुनेमा महोत्तरी औरही नगरपालिका ४ कबिलासा बस्ने २३ वर्षीया निसा साह रहेको प्रहरीले जनाएको छ ।
आइतबार राति साढे १० बजेको समयमा महोत्तरी गौशाला नगरपालिका ५ कठुधारबाट गौशाला तर्फ जादै गरेको ज ११ प ५००३ मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुदा पछाडि सवार निसा साह गम्भीर घाइते भएकी थिइन् ।उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
निसाको शव प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरी परिवारजनलाई जिम्मा लगाएको उनले बताए ।मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको चालक फरार भएकाले खोजतलास तथा घटनाको सम्बनधमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रतिक्रिया