
पर्सा ः पर्सामा शौच गर्न गएकी एक महिलाको पोखरीमा डुबेर मृत्यु भएको छ ।
बहुदरमाइ नगरपालिका वडा नम्बर ६ गम्हरिया बस्ने बर्ष ६५ को नगिना साह कानुको पोखरीमा डुबेर मृत्यु भएको हो ।
प्रहरीचौकी महुवनका प्रहरी सहायक निरिक्षक अवधलाल साहका अनुसार गएराती शौच गर्न गएको बेला उनको माछा पोखरीमा डुबेर मृत्यु भएको हो ।
उनि अबेररातिसम्म फर्केर नआएपछि खोजविनको क्रममा पोखरीमा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।
शव पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाएको र घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रतिक्रिया