धनुषामा सेनाको गाडीले ठक्कर दिँदा दुईजना घाइते

जनकपुर : धनुषामा नेपाल सेनाको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुईजना घाइते भएका छन् ।

सेनाको भ्यान अनियन्त्रित भएर ठक्कर दिँदा मोटरसाइकलमा सवार गणेशमान चारनाथ ६ का बिमलेश सहनी र सुकेश मण्डल घाइते भएका छन् । यसमध्ये सहनीको अवस्था भने गम्भीर रहेकोे छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत गणेशमाण चारनाथ नगरपालिका-४ स्थित पूर्वबाट पश्चिमतर्फ गइरहेको ज ८ प ७७७७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको धारापानी ब्यारेकको सेनाको गाडीले ठक्कर दिएको हो । यो घटना आइतबार अपरान्हको हो ।

उनको विराटनगरमा उपचार भइरहेको छ । यस्तै, मण्डल सामान्य घाइते छन् । उनको स्थानीय स्तरमै उपचार भइरहेको छ ।

प्रत्यक्षदर्शीले बताए अनुसार, ठक्कर दिएको गाडी चालकले नभई उनका साथीले चलाइरहेका थिए । दुर्घटना हुने बित्तिकै उनीहरूले गाडीको नम्बर प्लेट हिलोले छोपिदिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार