Saturday 5th of October 2024

देउवाको नेतृत्वमा सरकार बनाउन लाग्ने गठबन्धनको निर्णय

0 Shares

विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन लाग्ने निर्णय गरेको छ ।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निवास कोटेश्वरमा बसेको बैठकले सर्वोच्च अदालतको आदेशअनुसार आज नै गठबन्धन सरकार बनाउने निर्णय गरेको छ । संसद पुनस्र्थापना गरेको सर्वोच्च अदालतले आज साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएको छ ।

सर्वोच्च अदालतको फैसला: देउवा-प्रचण्ड-नेपालबीच आधा घण्टा कुराकानी - BBC  News नेपालीबैठकले गठबन्धन सरकारलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले जानकारी दिए । मन्त्रिपरिषद्को सिफारिसमा गत जेठ ७ गते मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई बदर गर्दै सोमबार सर्वोच्च अदालतले पुनःस्थापना गरेको छ ।

त्यसलगत्तै विपक्षी गठबन्धन सम्मिलित दलहरु कांग्रेस, माओवादी केन्द्र, एमाले नेपाल समूह, जसपा उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चा देउवाको नेतृत्वमा सरकार बनाउन लागि परेका हुन् ।

प्रतिक्रिया