Friday 12th of April 2024

रौतहटमा ट्रेक्टर दुघर्टना हुँदा २ जनाको मृत्यु १ जना गम्भिर घाईते

0 Shares

रमेश कुमार यादब , रौतहट । रौतहटमा ट्रेक्टर दुघर्टना हुँदा २ जनाको मृत्यु १ जना गम्भिर घाईते भएको छ ।

रौतहट जिल्लाको देवाहि गोनााहि नगरपालिका वार्ड नं. ४ मा गत सोमबार रात ११ः४५ बजे लालबकैया नदिको बाँधमा ट्रेक्टर दुघर्टना हुँदा ट्रेक्टरमा सवार ४ जना मध्ये २ जनाको घटना स्थलमै मृत्यु भएको छ भने १ जनाको अवस्था गम्भिर रहेको छ ।

मृत्यु हुनेमा देबेन्द्र पटेलको छोरा गोबिन्द पटेल र रामपुकार पटेलको भतिज कोबिन्द्र पटेल रहेका छन । पाना पटेलको छोरा राकेश पटेलको अवस्था गम्भिर रहेकोले बिरगँजको भवानी हस्पिटलको आसियुमा उपचार भईरहेको र एक जना मायाराम पटेलको छोरा कान्थ पटेलको समान्य उपचार पश्चात घर फक्रिएका छन ।

प्रतिक्रिया