Saturday 9th of November 2024

चर्को स्वरमा स्पिकर र डिजे साउण्ड बजाउन प्रतिबन्ध

0 Shares

राम नारायण यादव, राजविराज । सप्तरीमा चर्को स्वरमा लाउडस्पिकर र डिजे बजाउन नपाइने निर्णय गरिएको छ ।

जिल्ला समन्वय समितिमा सबै स्थानीय तहका प्रमुख र सुरक्षा निकायका प्रमुखको बैठकबाट सो निर्णय भएको हो ।

समितिका प्रमुख प्रभाकर यादवको अध्यक्षतामा आयोजित बैठकबाट लाउडस्पिकर र डिजे साउण्डले अत्यधिक ध्वनि प्रदूषण भइरहेका कारण प्रदूषण नियन्त्रण गर्न सो निर्णय गरिएको छ । निर्णयसँगै राति १० बजेदेखि बिहान ५ बजेसम्म लाउडस्पिकर र डिजे बजाउन नपाउने भएको छ ।

‘राति १० बजेदेखि बिहान ५ बजेसम्म लाउडस्पिकर र डिजे बजाउन पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको छ’ जिल्ला समन्वय समितिका प्रमुख यादवले भने, ‘अन्य समयमा पनि नियन्त्रित रूपमा मात्रै लाउडस्पिकर र डिजे बजाउन पाउछ ।’

निर्णय नमान्नेलाई कानुनबमोजिम कारबाही गर्ने गराउनेसमेत निर्णय भएको उनले बताए । सांस्कृतिक रूपमा कुनै कार्यक्रम सञ्चालन गर्दा स्थानीय तहको स्वीकृति लिउनुपर्ने र सोबारे स्थानिय प्रशासनलाई जानकारी गराउनुपर्ने बैठकबाट निर्णय भएको छ ।

प्रतिक्रिया