Friday 20th of September 2024

स्वास्थ्यचौकीमा बर्थिङ्ग सेन्टर संचालन हुँदा सर्वसाधारणमा खुशी ।।

0 Shares

औरही ः महोत्तरीको औरही नगरपालिका रहेको स्वास्थ्य चौकीमा बर्थिङ्ग सेन्टर संचालनमा आउँदा स्थानीयहरु खुशी भएकाछन् ।

स्वास्थ्य चौकी रहेपनि बर्थिङ्ग सेन्टर संचालन नहुँदा अषाढ १६ गते मेयर सुनिल यादवले वर्थिङ्ग सेन्टरको उद्घाटन गरेका थिए । लामोसमय देखी औरही बजारमा बर्थिङ्ग सेन्टर नहँुदा नगरपालिका भित्र रहेका गर्भवति महिलाहरु गौशाला प्राथमिक स्वास्थ्य केन्द्र तथा जनकपुरका प्राईभेट क्लिनिक धाई रहदा विभिन्न किसिमको वाधा आए पनि वाध्यतापूर्वक जानु पर्ने भएकोले सास्ती भोगिरहेका थिए औरही नगरपालिकाबासी अब भन्ने टाढा टाढा नजानुपर्ने र औरहीमै सेवा सुविधाका साथ संचालन गरी दिएकोमा नगरप्रमुख सुनिल यादवलाई श्रीमति रिना देवी र रन्जु देवी यादवले धन्यवाद व्यक्त गरेकाछन् ।

औरही नगरपालिकाका स्वास्थ्य चौकी प्रमुख रामचन्द्र यादव भन्नुहुन्छ बर्थिङ्ग सेन्टर संचालन हुँदा यस नगरपालिका भित्र पर्ने सम्पूर्ण महिलाहरुको सेवासुविधाका लागी यस बर्थिङ्ग सेन्टरमा रातोदिन हामी सेवा दिन तत्पर छौं कुनै पनि समयमा विरामी आए हामी सहजै सेवासुविधा दिन तयार रहेको यादव बताउँनुहुन्छ । यादव भन्नुहुन्छ पहिलेको तुलनामा बिरामीको चाप अहिले निकै बढेको छ, पहिले २० देखी पच्चिस बिरामी आउँथ्यो भने अहिले दैनिक चालिस देखी पच्चास बिरामी सेवा लिईरहेको छ । नगरपालिकाको तर्फबाट औषधि र कर्मचारी पर्याप्त मात्रामा दिईरहेको कारण सेवा दिई कुनै किसिमको बाधा नआएको चौकीका प्रमुख यादवले बताउनुभयो । यस बर्थिङ सेन्टरमा दुई वटा एच.ए., दुई वटा अ.हे.व.,चार ओटा अ.न.मी. र एक का.स.कार्यरत छन् ।

यता औरही नगरपालिकाका मेयर सुनिल यादव भन्नुहुन्छ स्वाथ्य जस्तो कुरामा कुनै किसिमको कमीकमजोरी नहुने तथा विगतका दिनहरुमा नगरवासीहरुले भोगेको पिडाहरुलाई अबको दिनमा पिडा मुक्त बनाउन चाडै नै वडाहरुमा पनि बर्थिङ्ग सेन्टरहरु संचालन गर्ने बताउनुभयो । अबको दिनमा दिदी,बहिनी तथा चेलीबेटीहरुलाई टाढा टाढा नधाउनु पर्ने र नगरपालिका भित्र रहेका स्वास्थ्य चौकीहरुमा नै सेवा दिन कुनै कसर बाँकी नराख्ने बताउनु भयो ।

प्रतिक्रिया