क्रियाशील सदस्यताका कारण सप्तरी र सिरहामा विवाद

सप्तरी : प्रदेश २ का सप्तरी र सिरहामा क्रियासिल सदसयताको विवादका कारण नेता तथा कार्यक्रताहरुमा मनमुटाब बढेको छ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति तय भएपछि प्रदेश २ को ती दुई जिल्लामा अहिले चुनावि चहलपहल देखिदैन् ।

नयाँ सदस्यताका कारण नेताहरुमा मनमुटाब बढेकाले अहिले सम्म क्रियासिल सदस्यता विवादले अधिवेशन नै कंकटमा परेको स्थानीय नेताहरुको भनाई रहेको छ । जिल्ला सभापतिका लागि आकांक्षिहरुले खुलेर आफ्नो नाम सार्वजानिक नगरे पनि भित्रभित्रै कसरत शुरु भईसेको छ । आफ्नो समूह कसरी अगाडि बढ्ने भन्दै केन्द्रीय नेताहरुको सल्लाह अनुसार कार्य भई रहेको छ ।

आफ्नो पक्षमा नयाँ सदस्यता थप गराउन नेताहरु काडमाडौं केन्द्रित भएर काम गरि रहेको छ । नयाँ सदस्यताको बारेमा अहिले सम्म कुनै निर्णय नभएकोले ठोस निस्कर्षमा नपुगर्दा सदस्यताको संख्या यकिन गर्न समस्या भएकोले हाल जिल्लामा जम्मा सदस्य संख्या कति जना छन् भन नसकिने स्रोतले बताए ।

विवादको मुल समस्या नयाँ सदस्यता

क्षेत्रिय सभापतिहरुले मनोमानि तरीकाले नयाँ सदस्यता वितरण गरेकोले यस्तो विवाद सृर्जना भएको हो । मृत्यु भइसेको व्यक्तिको नाउँमा आफ्नो व्यक्तिको नाम हालेर नयाँ सदस्ता समेत वितरण गरेको वडा सभापतिहरुको भनाई छ ।

क्षेत्रिय सभापति र जिल्ला सभापतिले मिलेर आफ्नो व्यक्तिलाई क्रियासिल नयाँ सदस्यता वितरणमा धान्धलि गरेको वडा सभापतिहरुले आरोप लगाएका छन् । एक जना वडा सभापतिले भने मेरो वडामा कति जना क्रियासिल सदस्यतको आवेदन फारम भरिएको मलाई कुनै जानकारी नदिकनै आफ्नै आसेपासेका व्यक्तिहरुलाई बितरण गरी नयाँ सदस्यता दिएको उनले आरोप लगाए ।

विवाद सामाधान नभएको खण्डमा १२ औं महादिवेशनको मतदाता नावाली प्रकशन गरेर अधिवेशनमा जाने नेताहरु मनसाइ समेत बनिसकेको बुझिएको छ । एक नेताले भने ३० गते सम्म सामाधान नभए पु्रानै संख्याको आधार मानेर महादिवेशनमा जाने निस्र्कशमा पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार