Saturday 20th of April 2024

त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीहरु कार्यालयमा गरे तालाबन्दी, भोली वार्तामार्फत समस्या समाधान हुने नगरप्रवक्ता दर्लामी ।।

0 Shares

महोत्तरी, गौशालास्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीहरु कार्यालयमा तालाबन्दी गरि नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन । विहीबार विद्यालयमा प्राविधीकतर्फका विद्यार्थीहरु विद्यालयको कार्यालयमा तालाबन्दी गरेका हुन । कक्षा ९, १०, ११ र १२ का प्राविधीकधारका विद्यार्थीहरुसँग रकम असुली गर्न थालेपछि विद्यालयमा तालाबन्दी गरेका हुन ।

विद्यालयले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुसँग विद्यालयले जनही १७ हजारका दरले रकम असुली गर्नका लागि ताकेदा गरेपछि विद्यार्थीहरु आन्दोलित भएका हुन । त्यस्तै कक्षा ९ र १० का विद्यार्थीहरुसँग ८ हजार ५ सयका दरले रकम असुली गर्दै आएको विद्यार्थीहरुले बताएका छन । नगरपालिकाले कक्षा ९ देखि १२ सम्ममा अध्ययनरत प्राविधीकधारका विद्यार्थीहरुलाई वार्षिक रुपमा जनही १५ हजारका दरले विद्यालयलाई रकम उपलब्ध गराउदै आएका छन । त्यस्तै साधारणतर्फ कक्षा ११ र १२ मा प्रयोगात्मकका लागि वार्षिक रुपमा ४५०० देखि ५ हजारसम्म लिने गरेपछि विद्यार्थीहरु आन्दोलित भएका छन ।

कक्षा १२ का अरुण कुमार साहका अनुसार विद्यालयले थप रुपमा शुल्क लिएतापनि सो अनुसारको पठनपाठन नभएको गुनासो गरेका छन । पुस्तकालय र प्रयोगशाला नामको लागि मात्र रहेको विद्यार्थी साहले बताए । लकडाउनको समयअवधिमा विद्यालय बन्द रहेको हर्जना कटटा गर्नुपर्ने देवशरण महतोले बताए । ४ सय रुपैयाँमा भर्ने फारमको शुल्क १७ हजार बराबरको रकम असुल्दै आएको विद्यार्थी महतोले गुनासो पोखेका छन । शैलेन्द्र यादवका अनुसार निःशुल्क रुपमा नामाकं गराएतापनि सो अनुसारको सेवा सुविधा नभएको बताएका हुन ।

शुल्क उठाएको सम्बन्धमा विद्यार्थीहरुको असन्तुष्ट रहेको विद्यालयका प्राविधीकतर्फका संयोजक सुरेन्द्र साहले बताए । ल्याव लगायतका अन्य उपकरण मर्मत सम्भारका लागि सरकारीस्तरबाट रकम नपाएपछि विद्यालयले न्युन रकम उठाउदै आएको संयोजक साहले जानकारी दिए । ल्याव र प्रयोगात्मक लगायतलाई व्यवस्थापनका निम्ती सरकारले रकम नपठाउदा विद्यार्थीहरुबाट उठाउनुपरेको विद्यालयका प्रधानाध्यापक अमोद कुमार साहले बताए ।

यस सम्बन्धमा गौशाला नगरपालिकाका नगरप्रवक्ता भोजवहादुर दर्लामीले विद्यार्थीहरुले बुझाएको १३ बुँदे मागको सम्बन्धमा शुक्रबारका दिन छलफलमार्फत समाधान गरिने जानकारी दिए । विद्यार्थीहरुको ज्याज माग रहेकोले छलफलका लागि नगरपालिकाको तर्फबाट ५ सदस्यीय टोलीले सो सम्बन्धमा निष्कर्ष लगाउने प्रवक्ता दर्लामीले बताए ।

प्रतिक्रिया