जलेश्वर / महोत्तरी प्रहरीले सुजिता ठाकुरको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका चारजनालाई सार्वजानिक गरिएको छ । मंगलवार जिल्ला प्रहरी कार्यालय महोत्तरीले जलेश्वरमा पत्रकार सम्मेलनको आयोजना गरि सुजिताको हत्यामा संलग्न भएको भन्दै मृतकका देवर लोहारपट्टी नगरपालिका ७ का २९ बर्षिय रुपेश ठाकुरलाई सार्वजानिक गरिएको हो ।
त्यस्तै प्रहरीले शव लुकाउनमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ स्थानिय ३७ बर्षिय वण्ठा भनिने किशोरी मण्डल, ३३ का म्ुल्ला भन्ने आदम राईन, ३२ बर्षिय नथुनी मण्डललाई पत्रकारसम्मेलनकावीच सार्वजानिक गरिएको हो । त्यस्तै यसभन्दा अगाडि पक्राउ गरिएको मृतकका श्रीमान मुकेश ठाकुरको सो घटनामा संलग्नता नदेखिएकोले उनलाई छाडिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । मुकेशलाई सुजिताकी वुवा पिपरा गाउँपालिका वडा नं. ६ रतौली का कामेश्वर पाण्डेलाई जिम्मा लगाइएको महोत्तरी प्रहरीले जनाएको छ ।
महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रकाश विष्टका अनुसार घटनामा सुजिताको हत्यामा देवर रुपेशको मात्र संलग्नता रहेको छ । अन्य तीनजनाले शव हस्तान्तरण गर्ने कार्यमा रुपेशलाई सहयोग गरिएको प्रहरीको अनुसन्धानबाट देखिएको प्रहरी नायव उपरिक्षक विष्टले जानकारी दिनुभयो ।
यसरी भएको थियो सुजिताको हत्या ।।
महोत्तरी प्रहरीका अनुसार सुजिताको हत्या जेठ २० गते बिहान ८–९ बजेको समयमा भएको हो । उनको हत्या देवर रुपेशले गरेको प्रहरी अनुसन्धानबाट खुलासा भएको हो । देवर रुपेशले सुजिताको कोठा भित्र घित्रोमा मुक्का प्रहार गरी कोठाको भित्तामा टाउको ठोकाई घाँटी समेत थिची हत्या गरेको थियो ।
सुजिताको हत्या पश्चात दिनभरी शवलाई सुजिताकै सुत्ने पलङमा छोपेर कोठा बाहिरबाट ताल्चा लगाई राखेको थियो । राति साढे ८ देखि ९ बजेको बिचमा आफ्नै ट्याक्टरमा सुजिताको शव राखेर घरदेखि करिब १ किलोमिटर दक्षिणमा रहेको आफ्नै खेतमा खाल्टो खनि गाडेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । शव गाडेको भोलिपल्ट सो ठाउँमा पानी भरी ट्याक्टरले सम्याइ धानको बिउ छरेको थियो । अरुले थाहा पाउने देखेपछि जेठ २९ गते मध्यराती पुनः शव खनेर निकाली घरबाट ५ सयमिटर पूर्वतर्फको निर्माणाधिन पेट्रोलपम्पसंग जोडिएको आफ्नै चिरान मिलको गोदामको जग्गाको उत्तरतर्फको भागमा निर्माणाधिन सेफ्टि ट्याङकीमा ४ फिट गहिरो खाल्डो खनि शव पुन गाडेको थियो ।
शव गाडेर माथिबाट ६ ईन्च मोटो सिमेन्ट बालुवाले ढलान गरी माथिल्लो भागमा काठको गोलियाहरु राखेको थियो । पहिले शव गाडेको स्थानमा भोलीपल्ट पुनः खाल्टो वरिपरिको भागमा पानी भरी ट्याक्टरले सम्याइ धानको बिउ छरेको थियो । जेठ २० गतेदेखि बेपत्ता भएकी सुजिताको शवको अवशेष असार १३ गते खेतमा खाल्डो खनेपछि फेला परेको थियो । खोजविनको क्रममा असार २७ गते बिहान घरबाट ५ सय मिटर पर आफ्नै काठचिरान मिलको नजिक निर्माणाधिन पेट्रोल पम्पको छेउमा शौचालयको सेफ्टी ट्यांकीमा खाल्डो खनी गाडेर माथिबाट पलास्टर गरेको अवस्थामा फेला परेको थियो ।
तस्वीर : जिल्ला प्रहरी कार्यालय महोत्तरी, जलेश्वर