Saturday 13th of July 2024

धनुषाको ढल्केवरबाट मोटरसाईकल चोरी

0 Shares

ढल्केवर ः धनुषाको ढल्केवरबाट गरेको शनिबार एक मोटरसाईकल चोरी भएको छ ।

ढल्केबर स्थित रहेको उत्तर तर्फको चौकबाट गरेको शनिबार बिहान् ११ बजेको समयमा मिथिला नगरपालिका– ३ हरिहरपुर बस्ने सन्तोष कुमार महतोको रातो र कालो रंगको अन्टेस्ट पल्सर २२० सि।सि।को मोटरसाईकल चोरी भएको हो ।

सिसिटिभी फोटेजमा कैद भएको फोटेजका अनुसार मोटरसाईकल चोरी गर्नेमा तिन जनाको संगलन्ता प्रष्ट देखिएका छन् ।

मोटरसाईकल खोजीका लागि महतोले ईलाका प्रहरी कार्यालय ढल्केवरमा चोरी भएलगत्तै प्रहरीमा निवेदन दिएका छ्न। साथै महतोले सबैसँग सहयोगको अपील गरेका छन् ।

प्रतिक्रिया