Tuesday 28th of May 2024

जलेश्वरस्थित श्री रणभीम गण प्रकौलीमा एक सिपाही मृत अवस्थामा भेटिए ।।

0 Shares

गौशालाः महोत्तरी जलेश्वरस्थित श्री रणभीम गण प्रकौलीमा कार्यरत एक जना सिपाही मृत अवस्थामा भेटिएका छन । आज विहानको समयमा रामेछाप जिल्ला लिखु गाँउपालिका ५ घर भई हाल रणभीम गण प्रकौली “ख” गुल्म दरबन्दी रही पेरीमिटर पोष्टमा डिउटी रहेका सिपाही अमिर तामाङ मृत अवस्थामा भेटिएको हो ।

कम्प्युटर कोड नं.२८८८६१ रहेको २३ बर्षिय सिपाही तामाङले आफैले बोकेको ५.५ मिनि ईन्सास हतियारबाट आफ्नै दाँया कन्चटमा गोलि प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

घटनाको सम्वन्धमा थप अनुसन्धान भईरहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले बताउनुभयो । रामेछापबाट मृतकका परिवारजन आएपछि शवलाई मुचुल्का उठाई पोस्टमार्डम गरिने प्रहरी नायव उपरिक्षक विष्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया