Monday 2nd of December 2024

आज प्रदेश २ सहित देशका धेरै स्थानमा भारी वर्षा हुने

0 Shares

काठमाडौं ः  आज देशका धेरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम बुलेटिन अनुसार अहिले पनि प्रदेश नम्बर १, २, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना देखिएको हो। यस क्रममा प्रदेश १, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा भने मेघगर्जनरचट्याङसहित भारी (ठूलो) वर्षा पनि हुने सम्भावना छ।

यसैगरी राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

‘प्रदेश १, प्रदेश नम्ब २, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना छ,’ बुधबार बिहान महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनमा भनिएको छ।

भारी वर्षा हुने पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवनरयातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ।

प्रतिक्रिया